नेकपा एमालेद्दारा १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

 संवाददाता    २०७८, २६ कार्तिक शुक्रबार १५:१४     87 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले उक्त लोगो सार्वजनिक गरेका हुन्। महाधिवेशनको उद्घाटन नारायणी नदी किनार तथा बन्दसत्र सौराहामा हुनेछ। महाधिवेशनमा एमालेले कपडाको ब्यानर तथा कागजको पर्चाको प्रयोग नगर्नेसमेत भएको छ।

महाधिवेशन तयारी सम्बन्धी पार्टीको प्रचार विभागले गरेको कार्यक्रममा महाधिवेशनको प्रचारका लागि होडिङबिर्ड र डिजिटल बोर्डको प्रयोग गरिने जानकारी विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए। महाधिवेशनमा पार्टी सरकारमा हुँदा गरेका कामका भिडियो बनाएर प्रचार गरिने समेत उनले जानकारी दिए।

एमालेले महाधिवेशनका लागि चितवनमा सञ्चारकर्मीका लागि प्रचार डेस्कको स्थापना गर्नेछ। सो डेस्कमा उच्च क्षमताको इन्टरनेटको व्यवस्था गरिने एमालेले जनाएको छ।