नेपाल वायुसेवा निगमले थप १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्ने, चार विदेशी वायुसेवा कम्पनीसँग सहकार्यको सम्झौता

 संवाददाता    २०७८, २६ कार्तिक शुक्रबार ०८:४७     43 जनाले पढ़िसके



Spread the love

पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिटै विभिन्न १० अन्तर्राष्ट्रिय गन्तव्यमा थप उडान भर्ने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिट्टै संसारका विभिन्न १० वटा नयाँ गन्तव्यमा थप उडान भर्ने निर्णय गरेको हो ।