एकीकृत समाजवादीले बोलायो आज स्थायी कमिटी बैठक

 संवाददाता    २०७८, २६ कार्तिक शुक्रबार ०६:२४     61 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आजका लागि स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आज दिंउसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने खतिवडाले बताए ।