आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र ग्यासको मूल्य, के मा कति बढ्यो?

 संवाददाता    २०७८, २४ कार्तिक बुधबार २१:०८     57 जनाले पढ़िसके



Spread the love

नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ। निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो।आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए। अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ।