राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य,

 संवाददाता    २०७८, २४ कार्तिक बुधबार १८:१९     347 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको उपलक्ष्यमा आज कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य पनि दिएकी थिइन् । कमलपोखरीअघि राष्ट्रपति भण्डारी गौरीघाट पनि पुगेकी थिइन् । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।