हिन्दुवादी विभिन्न चार संगठनद्दारा छठ पर्वमा जनकपुरदेखि वीरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने: प्रमुख अतिथि हिमानी

 संवाददाता    २०७८, २४ कार्तिक बुधबार १०:३८     50 जनाले पढ़िसके



Spread the love

जनकपुरधाम । मिथिलाञ्चलसहित मधेशवासीको महापर्व छठको अवसरा जनकपुरदेखि वीरगञ्जसम्मका हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।हिन्दुवादी विभिन्न चारवटा संस्थाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बुधबार महापर्व छठको अवसरमा जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागेको हो ।
पुष्पवृष्टि कार्यक्रमको प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी शाह रहने छिन् । २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल’सहित चारवटा संस्थाहरु आवद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषाको जनकपुर, पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दिएको हो ।

जनकपुरको गंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीहरुमा, वीरगञ्जको घडिहरवा माईपोखरी तथा आसपासका पोखरीहरुमा दिउँसो साढे ४ बजे र बाराको बहुअरी पोखरी–५ बजे पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत राम भक्त ठाकुरले छठपर्वले सबै नेपालीलाई एकीकृत गर्ने धारणा राखे