प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

 संवाददाता    २०७८, २३ कार्तिक मंगलवार १८:४८     73 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।खापुङ जनता समाजवादी पार्टीबाट र परियार माओवादी केन्द्रबाट नियुक्त भएको स्रोतले बतायो ।यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।