काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोकेका थिए ।
आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए । न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दीप्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो । अन्य मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ ।
कात्तिक ८ गतेपछि केही दिन बन्दीप्रत्यक्षीकरण मुद्दा मात्रै पेसीमा चढाएका प्रधानन्यायाधीश जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका थिए ।