बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन पक्राउ

 संवाददाता    २०७८, २३ कार्तिक मंगलवार १२:५४     64 जनाले पढ़िसके



Spread the love

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार रामशाहपथस्थित एसोसिएसनमा ताला लगाउन जाने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। प्रहरीले उनीहरूलाई एशोसिएसनको गेटबाटै पक्राउ गरेको हो। अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ। आन्दोलनकै विरोधमा उनीहरूले मुद्दाको सुनुवाइ माग गर्दै प्रदर्शन पनि गरेका थिए।