प्रधानन्यायाधीश जबराले आफूलाई पनि तोके इजलास

 संवाददाता    २०७८, २२ कार्तिक सोमबार ११:१८     523 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले कात्तिक ८ गतेयता आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए । सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् । त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास तोकिएको छ ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन्