नेपालगञ्ज – बाँके प्रहरीले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा दुई/तीन खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको छ। उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको उनले बताए।
पक्राउ परेका व्यक्तिमध्ये दश जनाको साथबाट पैसा फेला परेको छैन। एकजना भारतीयसमेत पक्राउ परेका छन्। उनीहरुले दुई/तीन खाल बनाएर कार्डपत्ती खेलिरहेका थिए । प्रहरी प्रवक्ता न्यौपानेले को–को खेलिरहेका थिए । को–को दर्शकमात्रै थिए। उनीहरुलाई छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाइने डीएसपी न्यौपानेले बताए। ‘ठूला खालको खोजीमा निस्केका थियौं’, उनले भने, ‘साना–साना खाल फेला परे।