लक्ष्मीपूजाको दियोबाट अनामनगरस्थित कार्की भवनमा बिहीबार राति आगलागी भएको छ। लक्ष्मी पूजा गरेको दियोबाट सल्किएको आगोले कार्की भवनको दोस्रो तल्ला जलेको छ।बिहीबार साँझ पौने ८ बजेको समयमा कार्की भवनमा आगलागी भएको हो। भवनको दोस्रो तल्लास्थित फर्निचर मलमा फैलिएको आगोले सबै सामग्री जलेका छन्। त्यहाँ दमकल पुगेर आगो नियन्त्रणमा लिएको छ। कार्की भवनमा आगो लागेपछि त्यसक्षेत्रको बिजुली पनि काटिएको छ।