प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम

 संवाददाता    २०७८, १२ कार्तिक शुक्रबार १७:१६     40 जनाले पढ़िसके



Spread the love

काठमाण्डु, १२ कात्तिक– नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उपाध्यक्ष बस्यालले भनिन्, ‘यो आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’