सर्लाहीमा सशस्त्र प्रहरीका जिल्ला प्रमुख पनि फेरिएका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले सर्लाहीको कविलासी नगरपालिकास्थित अगर्वामा रहेको नं. १० गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठको सरुवा गरेको हो । श्रेष्ठको सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोक, काठमाण्डौंमा सरुवा गरिएको छ ।
उनको स्थानमा प्रदेश ३ गढिमाई बाहिनी चितवनमा कार्यरत भरत खनियाँलाई सर्लाही पठाइएको छ । एसपी खनियाँले आइतवार सर्लाही आएर कार्यभार समेत सम्हालि सकेका सशस्त्र प्रहरीको कविलासी गणले जनाएको छ ।
यसअघिका एसपी श्रेष्ठ पनि आइतवार नैै बिदाई भएर काठमाण्डौं गइसकेका छन् ।
यसैबीच, सर्लाहीमा सोमवार नेपाल प्रहरीका नयाँ जिल्ला प्रमुखले जिम्मेवारी सम्हाल्दै छन् । २ नं. प्रदेश प्रहरी कार्यालयबाट सर्लाही काज सरुवा गरिएका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले सोमवार जिल्ला प्रहरी कार्यालय मलंगवा आएर कार्यभार सम्हाल्न लागेका हुन् ।
यसअघिका एसपी सन्तोष सिंह राठौर आइतवार नै बिदाई भएर गएका छन् । राठौरको पुलिस एकेडेमी महाराजगन्ज, काठमाण्डौंमा सरुवा भएको छ ।