राष्ट्रियसभाबाट दुई विधेयक पारित

 संवाददाता    २०७८, २० श्रावण बुधबार १८:२५     100 जनाले पढ़िसके



Spread the love

राष्ट्रियसभाबाट आज दुईवटा विधेयक पारित भएको छ ।आज बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो।योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो । तथ्याङ्क विधेयक २८ फागुन २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।