पछिल्लो २४ घन्टामा ४,१०७ जना कोरोना संक्रमित थपिए ३५ को मृत्यु

 संवाददाता    २०७८, २० श्रावण बुधबार १७:२१     251 जनाले पढ़िसके



Spread the love

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।