गगन थापाको पक्राउको चर्चाले कांग्रेसमा हलचल, पदाधिकारी बैठक आह्वान

 संवाददाता    २०८३, २० कार्तिक बिहीबार १०:४५     11 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए ।

नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।

‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।’