बिर्तामोडको भद्रपुर रोडमा आगलागी, दमकलसहित सुरक्षाकर्मी परिचालित

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १२:३१     19 जनाले पढ़िसके



Spread the love

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा आगलागी भएको छ।

सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो ।

विर्तामोड बजारको मुख्य बजारमा आगोलागी भएपछि नियन्त्रणको प्रयास जारी रहेको छ । आगो निभाउन विर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटना स्थलमा पुगेका छन् ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।