आज पनि बढ्यो सुनको मूल्य, चाँदी थप सस्तियो

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार ११:०१     31 जनाले पढ़िसके



Spread the love

आज पनि सुनको भाउ बढेको छ। चाँदीको मूल्य भने आज पनि घटेको छ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा ७ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।

यसअघि गएको मंगलबार पनि सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको थियो।

आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको थियो भने त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।

यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ।

त्यसैगरी आज चाँदीको भाउ भने थप घटेको छ।

चाँदीको भाउ आज तोलामा २० रुपैयाँ घटेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ।

मंगलबार ४५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको थियो।

गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।