कर्णालीको टोलीमा डेभिड मिलर, एनपीएल खेल्न काठमाडौंमा

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १०:५४     17 जनाले पढ़िसके



Spread the love

कर्णाली याक्सबाट तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्।

उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन्।

भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिग खेलेका छन्।

उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पन्जाब, गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल जित्दा मिलर मुख्य खेलाडी थिए।

कर्णाली याक्स स्पोट्स् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन्।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी-२० आईमा दुई हजार ८०४ रन बनाएका छन्। यस क्रममा दुई शतक र ९ अर्धशतक प्रहार गरेका थिए। उनको आफ्नो करियरको दुई टी-२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए।

यता पाँच सय ८४ टी-२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन्। मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी सतक प्रहार गरेका थिए।

यस्तै आईपीएलमा पन्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए।

कात्तिक ९ देखि काठमाडौँमा जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। जसमध्ये दुई खेल जितेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो।

अब कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दै छ। सो खेलमा डेभिड मिलर सहभागी हुनेछन्।