प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय अधिवेशन आज, नयाँ नेतृत्व चयन हुने

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १०:५७     15 जनाले पढ़िसके



Spread the love

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज हुँदैछ।

बुधबार बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहनेछ। अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ।

अधिवेशनको समापन समारोहलाई नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ।