आज सुनचाँदीकै भाउ बढेको छ।
सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७४ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको भाउ तोलामा ८ हजार ३ सय रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।
त्यसअघिका चार दिनमा सुनको भाउ ५ हजार रुपैयाँ बढेको थियो।
यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलामा ७० रुपैयाँ बढेर ३ हजार ७ सय २० रुपैयाँ कायम भएको छ।
आइतबार तोलामा १७५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो।