कांग्रेस उपसभापति पदमा चौधरीको अग्रता

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १५:३७     52 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्।

आइतबार दिउँसो साढे २ बजेसम्म दुई हजार ८२२ मत गणना भएका छन्। जसमा चौधरीले ७५१ मत पाएका छन्।

उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ५२० मत पाएका छन्।

त्यस्तै, तेस्रो नम्बरमा रहेकी सीता गुरुङले ४३०, चौथो नम्बरमा रहेका फरमुल्लाह मंसुरले ३७१ र पाँचौ नम्बरमा रहेका रञ्जित कर्णले २२८ मत पाएका छन्।

कांग्रेसको महाधिवेशनमा सात हजार २९ मत खसेका थिए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।