कप्तान रोहितको शतकसँगै नेपालले क्यानडासामु प्रस्तुत गर्‍यो २३६ रनको लक्ष्य

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १५:४२     14 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।

ओमानस्थित अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोड्यो ।

रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रनको योगदान दिए । सो क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे ।

बलिङतर्फ क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए । यस्तै, जाहिद सिर्जादले दुई विकेट लिए ।