बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरियो : प्रधानमन्त्री

 संवाददाता    २०८३, २५ आश्विन आईतवार १०:४२     19 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् पहिरोको जोखिममा रहेका ६ जनाको उद्धार गरिएको बताएका छन्।

उनका अनुसार बुढीगण्डकी बाढीपश्चात् खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत् इलाकाबाट ६ जनाको उद्धार गरिएको हो।

तर प्रधानमन्त्री शाहले उनीहरूको नाम सार्वजनिक गरिसकेका छैनन्।

उक्त इलाकामा काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनबाट तैनाथ गरिएको प्रधानमन्त्रीले बताएका छन्।

साथै बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको जानकारी उनले दिएका छन्।