मेक्सिकोको जेलमा हिंसात्मक झडप, १० जनाको मृत्यु

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १५:१८     20 जनाले पढ़िसके



Spread the love

मेक्सिकोको सिनालोआ राज्यस्थित जेलमा बिहीबार भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना आगन्तुक थिए भने बाँकी नौ जना कैदी थिए।

हिंसा नियन्त्रण गर्न राष्ट्रिय गार्ड खटाइएको थियो।

दंगा के कारण भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन।

सिनालोआलाई मेक्सिकोको सबैभन्दा खतरनाक राज्यमध्ये एक मानिन्छ।

यो कुख्यात सिनालोआ ड्रग कार्टेलको गढ पनि हो।