सर्वोच्च अदालतमा पुनः आगलागी

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार ११:२८     9 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ।

बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो।

मुद्दा फाँटका २० र २१ नम्बरमा आगलागी भएको हो।

आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्।

न्यायकर्मी हरि भट्टराईले आगलागी स्थलका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगलागीबाट ३ वटा फाँटमा क्षति पुगेको छ। बिजुली सर्ट भएजस्तो छ। सावधानी अपनाउनुपर्ने देखियो।’

यसअघि यही भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो।

यस्तै गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो।

त्यसपछि सर्वोच्च अदालत नयाँ भवनमा सञ्चालन गरिएको हो।