दुई दिनको गिरावटपछि आज बढ्यो सुनचाँदीको भाउ

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार ११:३४     8 जनाले पढ़िसके



Spread the love

गएका दुई दिन लगातार घटेको सुनचाँदीकै भाउ आज बढेको छ।

सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको सोमबार तोलामा १ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ हिजो पनि ९ सय घटेर ३ लाख १ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर ४ हजार ६ सय ८५ पुगेको छ।

हिजो तोलामा २० रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ६ सयमा झरेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।