राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने २६ जना सांसदको नामवली सार्वजनिक गरेको छ।
सम्पत्ति विवरण बुझाउन पार्टीले निरन्तर ताकेता गर्दा पनि उनीहरूले सम्पत्ति विवरण नबुझाएका हुन्।
‘अधिक सूचना, फलोअप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताकाबिच पनि तपशीलमा उल्लेखित सांसदज्यूहरूले सम्पत्ति विवरण नभरेको सूचना जारी गर्दा अत्यन्त दुखित छु,’ रास्वपा संघीय संसदीय दलले जारी गरेको सूचनामा भनिएको छ, ‘यस परिघटनालाई नजीकबाट नियालीरहेको स्मरण गराउँछौँ।’
यी हुन् सम्पत्ति विवरण नबुझाउने सांसद
आशा झा-मोरङ ५, कन्हैया बनिया-रुपन्देही ४, कामिनी कुमारी- महोत्तरी, कुशुम महर्जन- काठमाडौँ, कृष्णकुमार कार्की-मोरङ २, गीता चौधरी- कञ्चनपुर, तपेश्वर यादव- सिराहा ४, पुनमकुमार अग्रवाल- सिराहा, प्रभाव ढकाल- बारा, प्रशान्त उप्रेती- मकवानपुर २, मधुकुमार चौलागाईँ- काभ्रे १, मोहनलाल आचार्य- कपिलवस्तु १, यज्ञमणि न्यौपाने- मोरङ १, रविन महतो- सर्लाही २, रमेश प्रसाईँ- ताप्लेजुङ, राजुनाथ पाण्डे- काठमाडौँ ३, रामाकान्त प्रसाद चौरसिया- पर्सा ३, रविना आचार्य- मोरङ ६, लालबिक्रम थापा- सुनसरी २, लेखजंग थापा- रुपन्देही ३, शम्भुकुमार यादव- सिराहा ३, श्रीराम न्यौपाने- तनहुँ २, सन्तोष राजवंशी मोरङ- ४, सागर ढकाल- गुल्मी १, सुशान्त बैदिक- प्यूठान १ र सूर्यबहादुर तामाङ- उदयपुर २ ले निर्वाचन सकिएको साढे ६ महिनासम्म पनि सम्पत्ति विवरण नबुझाएका हुन्।

