प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्रीलाई भन्यो– राहतका लागि पालिकासँग समन्वय गर्नुस्

 संवाददाता    २०८३, १४ भाद्र आईतवार १५:३९     25 जनाले पढ़िसके



Spread the love

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बेवास्ता गर्दा जनताले राहत पाउन नसकेको बताएका छन्। विपद् प्रतिकार्य र पार्टीको भूमिकाबारे छलफलमा बोल्दै आज मात्रै प्रधानमन्त्रीले आफूलाई बोलाएको बताए।

उनले प्रदेशबाट विपद् राहत कोष खडा गरेर काम अगाडि बढाइसकेको बताए।

उनले भने, ‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई बोलाएको थियो। म अहिले त्यहाँ गएर प्रधानमन्त्रीका सल्लाहकार र विपद् व्यवस्थापनको टिमसँग बसेँ। अहिले फेरि ३ बजे बस्नेछ। राहत सङ्कलन भएको छ। तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन।’

उनले प्रधानमन्त्री कार्यालयबाटै गोसाईंकुण्ड गाउँपालिका अध्यक्षलाई फोन लगाएर सुनाइदिएको बताए।

उनले भने, ‘राहत सामग्रीहरू नुवाकोटको बटारमा गएर बसेको छ, माथि धुन्चेको ब्यारेकमा गएर बसेको छ। त्यो सामग्री वितरण गर्नुपर्‍यो, मुख्यमन्त्रीज्यू, अब हामीबाट नहुने भयो। यो तपाईँले स्थानीय पालिकाबाट समन्वय गर्दिनुपर्‍यो। पालिकाका अध्यक्षलाई जोडेर त्यसको जिम्मेवारी मलाई जिम्मा लगाउने काम भएको छ।’

उनले आजै तीन बजे प्रधानमन्त्री कार्यालय र रास्वपाको सभापति रवि लामिछानेले पनि बोलाएको बताए।