भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ भने अस्पतालमा शव राख्न नसकिने अवस्था आएको छ।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह पनि भरिन थालेको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले अब १० भन्दा बढी शव राख्न नसकिने बताए।
‘हाम्रो शवगृहको क्षमता १५० हो। अब १० शव मात्रै राख्न सकिन्छ,’ डा. चौधरीले भने।
शिक्षण अस्पतालको शवगृहमा यसअघि नै ८० वटा शव राखिएको थियो। ती सबै पहिचान खुल्न नसकेका शव रहेको उनले बताए।
भोटेकोसीको बाढीमा ज्यान गुमाएकाहरूको शव पनि राखिँदै आएको छ। शनिबार अपराह्नसम्म ६० जनाको शव राखिएको डा. चौधरीले जानकारी दिए।
सबै गरेर त्रिवि शिक्षण अस्पतालको शवगृहमा १४० शव पुगेका छन्। अब यसभन्दा बढी शव राख्न नसकिने अस्पतालले जनाएको छ।