बाढीपीडितका लागि यूएईबाट ८० टन राहत सामग्री, पर्सि थप आउने मन्त्री पुनको भनाइ

 संवाददाता    २०८३, १४ भाद्र आईतवार ११:०७     32 जनाले पढ़िसके



Spread the love

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पठाएको ८० टन राहत सामग्री सरकारले बुझेको बताएका छन्।

मन्त्री पुनका अनुसार यूएईबाट ल्याइएका राहत सामग्री शनिबार राति ११:३० बजे सरकारलाई हस्तान्तरण गरिएको हो।

राहत सामग्री बुझ्ने बेला बेस्सरी पानी परेको उनले बताए।

पर्सि अर्को हवाईजहाजमा अरू सामग्री आउने जानकारी पनि उनले दिएका छन्।