केरुङमा चीनको ठूलो उद्धार टोली, २ हजार १४१ उद्धारकर्मी तैनाथ

 संवाददाता    २०८३, १४ भाद्र आईतवार १६:०८     1  जनाले पढ़िसके



Spread the love

चीनले केरुङ नाका क्षेत्रमा २ हजार १४१ उद्धारकर्ता पुर्‍याएको बताएको छ। खोजी तथा उद्धारमा पुगेको टोलीले सो स्थानमा गहिरो लेदो जमेको बताएको छ।

सीमा नाकातर्फ तीन उपाय लगाएर उद्धारकर्ताहरू त्यहाँ पुगेका उनीहरूले बताएका छन्। उद्धारकर्ताहरूको एउटा समूह नदीमा रबरको डुंगा चढेर घटनास्थल पुगेको छ भने कोही पहाड चढेर पैदल त कसैलाई ड्रोन चढाएर पठाइएको छ।

त्यस्तै, २६९ उद्धार सवारी साधन र ३ हजार ९२२ उद्धार उपकरण पुर्‍याइएको छ। बेलाबेलामा झर्ने ढुंगा र ल्हेन्दे खोलामा जमेको तालका कारण उद्धारमा असहजता थपिएको बताइएको छ।

शनिबारसम्ममा २.६ किलोमिटर बाटो बनाइसकिएको छ। अब नाकासम्म पुग्न १.७ किमि बाँकी छ।

खोजीमा ड्रोन, कुकुर र डिटेक्टरहरू प्रयोग गरिने चिनियाँ खोजी तथा उद्धार टोलीका सदस्य हुओ जियानसिनले बताएका छन्।

केरुङमा हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि चीनले गरेको छ। १०४ जना नेपालीसहित ५४६ जना हराइरहेका छन्।