५० टन राहत सामग्री र ४ सुरुङ उद्धार विज्ञसहित चीनबाट दुई विमान काठमाडौंमा

 संवाददाता    २०८३, १४ भाद्र आईतवार ११:०५     39 जनाले पढ़िसके



Spread the love

नेपालस्थित चिनियाँ दूतावासले आज (आइतबार) बिहान चीनबाट दुईवटा विमानमा ल्याइएका राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ।

चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ७ बजेतिर चीनको पीएलए वायुसेनाका दुई ठुला वाई-२० कार्गो विमानबाट सहायता आपत्‌कालीन राहत सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइएको हो।

उक्त सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा प्रतिनिधि सभाका सदस्य धर्म केसी पनि उपस्थित थिए।

 

 

राहत सामग्रीसँगै उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञ पनि आइपुगेको चिनियाँ दूतावासले जनाएको छ।

 

 

चिनियाँ दूतावासका अनुसार त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान आपत्‌कालीन राहत सामग्री नेपाल ल्याइएको हो। जसको कुल तौल ५० टन छ।