उद्धार अभियान तीव्र: १२ हेलिकप्टर परिचालन

 संवाददाता    २०८३, १० भाद्र बुधबार १२:४९     14 जनाले पढ़िसके



Spread the love

सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ।

बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

त्यस्तै, नेपाली सेनाको दुई वटा उद्धार र एउटा स्वास्थ्यकर्मीसहित तीन वटा हेलिकप्टर टोली नुवाकोट र रसुवा प्रस्तान गरेको छ।

यससँगै धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।

राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट परिचालन गरिएको छ।