घाइतेको उपचारका लागि राजधानीका ६ अस्पताल तयारी अवस्थामा

 संवाददाता    २०८३, १० भाद्र बुधबार १३:०२     28 जनाले पढ़िसके



Spread the love

रसुवा बाढी प्रभावितको उचपारका काठमाडौँका ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले घाइतेलाई उपचारका लागि चिकित्सकलाई तयारी अवस्थामा राखेको जनाएको छ। मन्त्रालयले वीर, ट्रमा, त्रिवि शिक्षण, पाटन, निजामती कर्मचारी र पुलिस अस्पतालाई तयारी अवस्थामा राखेको छ।

यी अस्पतालमा एक सयभन्दा बढी शय्या तयारी अवस्थामा राखिएको छ। स्वास्थ्यमन्त्री निशा मेहताले चिकित्सक र शय्या तयारी अवस्थामा बस्न निर्देशन दिएकी हुन्।

‘मन्त्रीले घाइतेहरूको उपचार गराउन काठमाडौँका ठूला सरकारी अस्पतालाई निर्देशन दिनु भएको छ। एक सयभन्दा बढी शय्या तयारी अवस्थामा राखिएको छ,’ मन्त्रीको सचिवालयले भन्यो।