रसुवा बाढी: भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

 संवाददाता    २०८३, १० भाद्र बुधबार १३:४६     9 जनाले पढ़िसके



Spread the love

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयकाअनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन्।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी भने सम्पर्कमा आएका छन्।

भन्सार कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएका छन्।