इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने अमेरिकी अर्थमन्त्रीको घोषणा

 संवाददाता    २०८३, ८ भाद्र सोमबार ११:१२     2 जनाले पढ़िसके



Spread the love

अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठुलो आर्थिक आक्रमण सुरु गर्न लागिएको दाबी गरेका छन्।

स्कट बेसेन्टले सोमबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त पारेको र अब ठुलो आर्थिक आक्रमण सुरु हुने घोषणा गरेका हुन्।

अर्थमन्त्री बेसेन्टले लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति नष्ट गरेका छन्, यसका लगभग १०० प्रतिशत सैन्य कारखाना ध्वस्त पारेका छन्, आणविक कार्यक्रम समाप्त पारेका छन्।’

‘हामी अब अन्तिम चरणमा पुगिरहेका छौँ। बिहान हुनेबित्तिकै एक ठुलो आर्थिक आक्रमण सुरु हुनेछ- कुनै विरोधीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक आक्रमण।’

यद्यपि बेसेन्टले आफ्नो पोस्टमा अमेरिकाले अब इरानविरुद्ध के कदम चाल्नेछ भन्नेबारे विवरण भने दिएनन्।