रसुवा बाढी: सात जनाको शव फेला

 संवाददाता    २०८३, १० भाद्र बुधबार १३:४९     24 जनाले पढ़िसके



Spread the love

रसुवाको भोटेकोसीमा आएको बाढीमा सात जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार, बुधबार मध्याह्नसम्म सात जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।

बाढी आएपछि भागेर पहाडतिर गएकाहरूलाई धुन्चेमा ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

‘अहिले हामी घाइतेको उद्धार र फेला परेका शव संकलन गरिरहेका छौँ,’ प्रदेश प्रहरी प्रमुख रेग्मीले भने, ‘हराएका मान्छेहरूको खोजतलास पनि भइरहेको छ।’

घाइतेलाई धुन्चे अस्पतालमा ल्याउन थालिएको छ। ‘त्रिशुली अस्पताललाई बेस बनाएर हेलिकप्टरमा उद्धार भइरहेको छ,’ उनले भने।

त्यहाँबाट एम्बुलेन्समा काठमाडौँ लैजाने गरी तयारी गरिएको उनले बताए।