रास्वपामा नयाँ जिम्मेवारी : न्यौपाने संगठन विभाग प्रमुख, खरेल प्रवक्ता

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १५:१६     35 जनाले पढ़िसके



Spread the love

रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई प्रमुख संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो ।

बैठकले सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।

यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई मनोनित गरिएको छ ।