राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी टिममा ६ जनालाई मनोनीत गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई मनोनयन गरेको हो ।
रास्वपा प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदीश खरेल मनोनीत भएका छन् । कोषाध्यक्षको जिम्मेवारी डा. मनोहर प्रधानलाई दिइएको छ । यस्तै जेनजी युवा पुरुषोत्तम यादव सहमहामन्त्री बनाइएका छन् ।
सुरेन्द्र चौधरी र नमिता यादव सहप्रवक्ता मनोनीत भए । यसैगरि सहकोषाध्यक्षमा बसुमाया तामाङ दोहोरिएकी छन् ।
मनोनीत सबैजना रास्वपाको संस्थापन पक्षका हुन् । बालेनको पक्षबाट मनोनयन भएको छैन । अझै एक उपसभापति र एक महामन्त्रीमा मनोनयन हुन बाँकी छ । बालेनको तर्फबाट नाम नआएकाले दुई पद रिक्त राखिएका हुन् ।