नेपाली दर्शकलाई मनोरञ्जन दिन काठमाडौँ आइपुगे भारतीय गायक शान

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १६:२६     74 जनाले पढ़िसके



Spread the love

सांगीतिक प्रस्तुतिका लागि चर्चित भारतीय गायक शान काठमाडौं आइपुगेका छन्।

गायक शानलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको छ। तीन दशकदेखि गायत क्षेत्रमा सक्रिय ५३ वर्षीय शान युवा पुस्तामाझ पनि लोकप्रिय छन्।

उनले क्लब नोभामा प्रस्तुति दिने भएका छन्। यसको आयोजना नेपाली टचले गर्न लागेको हो।

उनले आफ्ना सर्वाधिक रुचाइएका ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’लगायतका गीत गाउने भएका छन्।