राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ९ जना मनोनीत गरेका छन्।
जसमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव रहेका छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले राखेको केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अनुमोदन भएको हो।
असार ७-१२ गते चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
विधानअनुसार १५१ जना केन्द्रीय सदस्यमध्ये बाँकी सभापतिले मनोनयन गर्नेछन्। सोहीअनुसार शुक्रबार ९ जना केन्द्रीय सदस्य मनोनयन गरेका छन्।