ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरको एसपी गौतम मिश्रले जानकारी दिए।
‘दुर्घटनामा ४० वर्षीया जेनिषा लामाको मृत्यु भएको छ,’ उनले भने, ‘घाइते सबैलाई उपचारको लागि अस्पतालमा लगिएको छ।’
बिहीबार बिहान साढे १० बजेतिर भक्तपुरबाट कलंकीतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना लगत्तै प्रहरीले घाइतेको उद्धार गरेको छ।
घाइते ९ जनालाई उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्को र ७ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।