मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको उद्धार गरिएको छ ।
अहिले बिहान १०:५५ बजे एपीएफको टोलीले पोखरा-१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्प्क्टर साजन श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका-११ छुमरुङको फेदीबाट उद्धार गरिएको छ ।
उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएका थिए ।
उनीहरु ट्रेकिङ क्रममा जङ्गलमा अलपत्र परेका थिए । उनीहरु साउन २० गते राति ८ बजे सम्पर्कमा आएका थिए । उनीहरुको खोजी शुरू भएको थियो ।
मोदी खोलामा पानीको अत्यधिक बहाव रहेका कारण हिजो उद्धार गर्न सम्भव नभएको हो । उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माणको प्रयाससमेत असफल भएको थियो ।