प्रधानमन्त्री र प्रधानसेनापतिबीच समसामयिक विषयमा छलफल

 संवाददाता    २०८३, १९ श्रावण मंगलवार १२:५४     19 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ।

मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।

११ बजेपछि सूदुरपश्चिमका सांसदहरूसँग छलफल तय भइसकेकाले भेटवार्ता छोटो भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ।

पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबिच विवाद देखिएको थियो।

विवाद साम्य हुँदै जाँदा प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी नरहेको दाबी प्रधानमन्त्रीको सचिवालयले गरेको छ।

तराईमा देखिएको प्रदर्शनलाई लिएर गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने नियमित भेटघाट भएको बताए।

‘उहाँहरूबिच यस्ता नियमित भेटघाट भइरहन्छ, आजको भेट पनि त्यही अन्तर्गतको हो’, उनले भने।