२० वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको आज महत्त्वपूर्ण बैठक

 संवाददाता    २०८३, १९ श्रावण मंगलवार १२:०१     17 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन्।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइयोहरूसँग छलफल गर्न लागेका हुन्।

दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ श्रेणीमा राखेका २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।