‘कालो लुगा पनि प्रतिबन्ध लगाउनुपर्ने माग आउला’ : सिके राउत

 संवाददाता    २०८३, ७ असार आईतवार १६:२१     0 View



Spread the love

जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहको प्रशंसामा थुप्रै शब्द खर्चिए ।

राउतले नेपालका प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ भन्दै तारिफ गरेका हुन् । प्रधानमन्त्रीले लगाउने कालो पोशाकलाई उनले देवानन्दसँग तुलना गरे ।

राउतले भने, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन ।’