राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटन स्थलको उद्घाटन गर्न स्थल गेष्ट हाउसको चउर एकैछिनको पानीले जलमग्न बनेको छ ।
कार्यक्रमको उद्घाटन नहुँदै भरतपुरमा पानी परेपछि गेष्ट हाउसको चउरमा पानी भरिएको हो । महाधिवेशन स्थलमा बनाइएको जर्मन ह्याङ्गरबाट पानी नछिरेपनि पानीका कारण भूँइ रोप्न तयार खेत झैँ भएको छ ।
सहाभगि समर्थकहरु कपडा माथि सारेर पानीमा बसिरहेका छन् । गएराती परेको पानीको कारण पनि महाधिवेशन स्थल पानीले भरिएको थियो । पानीको कारण कार्यक्रम गर्नै समस्या भएपछि बिहान ग्राबेल हालेर सहभागिलाई हिँड्न सहज बनाइएको थियो ।
तर, कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह कार्यक्रम स्थल छिर्नेबेला पार्नी दर्किएको थियो । उनीहरु दुबैजना एकैसाथ छाता ओढेर कार्यक्रम स्थलमा पुगेका थिए ।