महाधिवेशनस्थलमा बालेनको आग्रह, गगनदेखि बाबुरामसम्मले बजाए घण्टी

 संवाददाता    २०८३, ७ असार आईतवार १५:५१     13 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

सँगै अन्य दलका नेताहरूले पनि घण्टी बजाएका थिए। प्रधानमन्त्री बालेनले उनीहरूलाई आफैं घण्टी दिएर बजाउन लगाएका थिए।

कार्यक्रममा कांग्रेस सभापति गगन थापा, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता छन्।